Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्दैछ।

तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको नेम्वाङको भनाइ छ।

पछिल्लो समय एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा पनि एमाले उपस्थित भएको छैन । साथै, बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगको विषयमा छलफल हुने बुझिएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि मुलुककाे राजनीति तरंगित भएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियाेग प्रस्ताव षडयन्त्रकाे भूमरीबाट आएकाे भन्दै प्रतिवाद गर्ने भनिसकेकाे छ । एमाले संसदीय दलकाे बैठक पनि आज बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077