Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानन्याधीशमाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र: ओली

    प्रधानन्याधीशमाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र: ओली

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको टिप्पणी गरेका छन्।

    सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भएपछि अर्को अस्त्र प्रहार गरिएको टिप्पणी गरे ।



    सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाभियोग ल्याएको भए प्रतिपक्षी दलहरुसँग छलफल गर्ने ओलीको भनाइ थियो।



    एमाले संसदीय दलको बैठकमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्। सत्ता गठबन्धनका सांसदहरुले हिजो प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार