Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सिंहदरबारमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् ।

बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ ।

यस्तै, बैठकमा महाभियोग प्रकरणसहित संसद्को गतिरोध अन्त्य, एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई नहटाएको भन्दै सभामुख सापकोटाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। एमालेले यस अगाडि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता सहभागि हुने सबै बैठक बहिस्कार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077