Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘भ्यालेन्टाइन डे’मा कट्रिना कैफको पीडा: श्रीमान विक्की कौशललाई पठाइन् भावुक सन्देश

    ‘भ्यालेन्टाइन डे’मा कट्रिना कैफको पीडा: श्रीमान विक्की कौशललाई पठाइन् भावुक सन्देश

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलले विवाहपछिको पहिलो ‘भ्यालेन्टाइन डे’ सँगै मनाएका छन् । आजको विशेष दिनमा दुवैलाई एयरपोर्टमा सँगै देखिएको छ । जहाँ दुवै एकअर्काको मायामा डुबेका थिए । योसँगै कट्रिनाले विक्की कौशलका लागि एउटा विशेष सन्देश पनि लेखेकी छिन् जुन अहिले निकै भाइरल भइरहेको छ ।

    भिडियोमा यी दुई स्टारको सिम्पल लुकलाई फ्यानले रुचाएका मात्र नभएर उनीहरुको बन्डिङ पनि निकै राम्रो रहेको बताएका छन्। मुम्बई एयरपोर्टमा एकदमै साधारण लुकमा देखिएका थिए कट्रिना र विक्की कौशल । विक्की कौशल सेतो टी-शर्ट र डेनिम जिन्सको ज्याकेट लगाएका थिए भने कट्रिना डेनिम जिन्सको साथमा डेनिम सर्टमा देखिएकी थिइन् । यससँगै दुवैले सेतो रंगको जुत्ता लगाएका थिए ।



    यससँगै कट्रिनाले ‘भ्यालेन्टाइन डे’ मा विक्की कौशलका लागि विशेष सन्देश लेखेकी छिन् । कट्रिनाले विक्की कौशललाई अँगालो हालेको तस्विर शेयर गरेकी छिन् । यससँगै उनले क्याप्शनमा लेखेका छन्- ‘हामीले यो वर्ष रोमान्टिक डिनर गर्न नसक्ने हुन सक्छौं, तर तपाईले कठिन पलहरूलाई राम्रो बनाउनुहुन्छ र त्यो महत्त्वपूर्ण छ।’



     

    View this post on Instagram

     

    A post shared by Katrina Kaif (@katrinakaif)


    कट्रिना र विक्कीले डिसेम्बर ९ मा राजस्थानको सवाई माधोपुरमा विवाह गरेका थिए । यो बिहेमा बलिउड सेलिब्रेटीहरु र उनीहरु दुबैका केहि परिवारहरु सम्मिलित थिए । यो विवाहलाई शाही बनाउन विशेष व्यवस्थाको समेत व्यवस्था गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार