Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरबाट ४ हजार १५७ विद्यालय छनोट

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरबाट ४ हजार १५७ विद्यालय छनोट

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छानिएका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १५७ विद्यालयलाई छनोट गर्ने निर्णय गरेको हो।

    जसमध्ये ४ कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ।



    शिक्षा मन्त्री पौडेलका अनुसार चारकोठे विद्यालय भवन निर्माणको लागि ३६ लाख छुट्याइएको छ भने भने दुई कोठेको लागि १८ लाख छुट्याइएको छ।



    त्यस्तै आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ।

    राष्ट्रपति शैक्षिक सुधारका लागि समग्रमा ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याइएको छ। विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने मन्त्री पौडेलले बताएका छन्।

    ‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौं,’मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं।’

    देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, ४ हजार २३५ विद्यालयले आइसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार