Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सप्तरी  । सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । डाक्नेशवरी नगरपालिका वडा नम्वर ९ स्थित महुकी पत्थरगाडामा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

    अर्नाहाबाट पत्थरगाढातर्फ गइरहेको स.१ त ६१०८ नम्वरको रड लोड गरिएको ट्याक्टर सोमबार राति आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का २७ वर्षीय सन्तोष कुमार सदाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।



    दुर्घटनामा गम्भीर घाइते भएका सदाको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।



    सोही दुर्घटनामा छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ बस्ने २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार