Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अडियो काण्डपछि आलेलाई मन्त्रीबाट हटाउन धनबहादुर बुढा सक्रिय

    अडियो काण्डपछि आलेलाई मन्त्रीबाट हटाउन धनबहादुर बुढा सक्रिय

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 6.6K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अश्लिल अडियो बाहिरिएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक बृत्तमा ठूलो हंगामा मच्चिएको छ । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली र मन्त्री आलेबीचको अश्लिल शब्दले भरिएको अडियो अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।

    आलेको सचिवालयले भने उक्त अडियो पुरानो भएको र ओलीले ५० लाख रुपैयाँ बार्गेनिङ गर्दा नदिएपछि सार्वजनिक भएको दावी गरेको छ । आलेले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग बढेको छ ।



    निरन्तर रुपमा मन्त्री आलेलगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक–पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उनलाई गाली गरेको आलेको सचिवालयले दावी गरेको छ ।



    यसैबीच आलेको अडियो काण्ड बाहिरिएसँगै नेकपा समाजवादीका केही नेताहरु नै आलेलाई मन्त्रीबाट हटाउन लागिपरेका छन् । आलेजस्तै छवी भएका र विगतमा यार्चागुम्बा तस्करीमा मुछिएका पूर्व पर्यटनमन्त्री धनबहादुर बुढा आलेलाई हटाएर आफू मन्त्री बन्न समाजवादीकै नेताहरुलाई उचालिरहेका छन् ।

    आलेको असहमतिकाबीच बुढाकै सेटिङमा केही दिन अघि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशमा प्रदिप अधिकारीलाई मन्त्रीपरिषद्ले नियुक्ति गरेको थियो । बुढाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ठूलो रकम बुझाउन लगाई आलेलाई बाइकट गरी अधिकारीलाई नियुक्ति दिलाएको समाजवादीकै नेताहरुले बताउँदै आएका छन् ।

    प्रदिप अधिकारीलाई बधाई दिंदै पूर्व पर्यटनमन्त्री धनबहादुर बुढा

    अधिकारीलाई डिजी बनाएपछि एकाएक बुढासँग साँठगाँठ बढाएका अध्यक्ष नेपाल पनि आलेलाई हटाएर बुढालाई मन्त्री बनाउन चाहन्छन् । समाजवादी पार्टी भित्रैबाट आलेलाई हटाउन दबाब बढेका कारण अध्यक्ष नेपालले कुनै पनि समय आलेलाई मन्त्रीबाट बर्खास्त गर्ने सम्भावना बढेको छ ।

    त्यसो त बुढाले आलेको आयू जम्मा तीन महिना हो, त्यसपछि म मन्त्री बन्ने हो भन्दै केही पर्यटन माफियाहरुबाट रकम असुल्न थालेको पनि स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार