Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रेम आलेपछि रामकुमारी झाँक्रीको पनि बाहिरियो अडियो काण्ड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो काण्ड बाहिरिएसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पनि अडियो सार्वजनिक भएको छ।

अडियोमा मन्त्री आले र नेकपा एमालेनिकट अछामका जगत ओलीबीच अश्लिल शब्दको दोहोरी चलेको थियो । उक्त अडियो सार्वजनिक भएपछि मन्त्री आले चौतर्फी आलोचनामा रहेका छन्। यद्यपि मन्त्री आलेको सचिवालयले भने, उक्त अडियो एक बर्ष पुरानो भएको र ओलीले ५० लाख मागेर मन्त्री आलेलाई दिनहुँ टचर दिँदै आएको दाबी गरेको छ।

मन्त्री झाँक्रीको अडियो

सहरी विकासमन्त्री झाँक्रीको अडियो पनि यतिबेला भाइरल बनेको छ । भिडियोमा मन्त्री झाँक्रीले पनि अश्लील शब्दको प्रयोग गरेकी छन् । भोजराज नाम गरेका व्यक्तिसँगको २ मिनेट लामो अडियोमा मन्त्री झाँक्रीले आफ्नोबारे अनेकौं भ्रम छरेको भन्दै उनीमाथि खनिएकी छन्।

झाँक्रीले केटाहरु लगाएर उनको खुट्टा समेत भाँचिदिने धम्की दिएकी छन्। अडियोमा झाँक्री र भोजराज भनिने ती व्यक्तिबीच तँ-तँ र म / म को प्रयोग हुँदै तेरी मा समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077