Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पर्सिदेखि विमानस्थल प्रवेशका लागि प्रिन्टेड टिकट अनिवार्य

    पर्सिदेखि विमानस्थल प्रवेशका लागि प्रिन्टेड टिकट अनिवार्य

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम आएको छ । नियमानुसार भोलि बिहीबारदेखि हवाइ यात्राको लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो ।

    तर, एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने टर्मिनलभित्र प्रवेश पाइने छैन । यसअघि विमान कम्पनीले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागमा रहेको आन्तरिक टर्मिनलमा प्रवेश पाउन सहज थियो।



    त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार बसेको त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीचको बैठकले एसएमएसमा प्राप्त हुने टिकटको पीएनआर नम्बरका आधार टर्मिनल प्रवेश नदिने निर्णय गरेको हो ।



    प्रिन्टेड वा प्रिन्टेडमा हुने सबै विवरण भएको डिजिटल टिकट भए प्रवेशमा समस्या नहुने सिटौला बताउँछन् । विभिन्न डिजिटल वालेट वा मोबाइल बैंकिङबाट टिकट खरिद गरेको भए त्यसको पीडीएफ देखाए पनि मान्यता हुन्छ ।

    पछिल्लो समय विमानस्थलभित्र एसएमएसमा प्राप्त भएको पुरानो पीएनआर पनि देखाउँदै अनावश्यक मानिसहरु पनि प्रवेश गर्ने गरेको पाइएपछि यस्तो नियम लागू गरिएको प्रवक्ता सिटौलाको भनाइ छ।

    यद्यपि विमानस्थलको  नयाँ नियमबारे  सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। नयाँ नियमले जनताहरुलाई दु:ख हुने उनीहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार