Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसका सबै भ्रातृ संगठनहरुको वर्तमान कार्यसमिति भंग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मुस्लिम संघबाहेक अरु भ्रातृ संगठनको कार्यसमिति भंग गरिएको छ । भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ।

नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077