Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अशोक शेरचनका कारण प्रभु बैंकको ५५ करोड जोखिममा, सिआईबीले किन गरेन अनुसन्धान ?

    अशोक शेरचनका कारण प्रभु बैंकको ५५ करोड जोखिममा, सिआईबीले किन गरेन अनुसन्धान ?

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 5.7K
    SHARES

    काठमाडौं । संगठित अपराध तथा ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसँग प्रभु बैंकका सिइओ अशोक शेरचनको रहस्यमय सम्बन्ध देखिएको छ । तामाङ डुब्दैछनन् भन्ने जानकारी पाउँदा पाउँदै पनि शेरचनले तामाङको लगानी रहेको एक हाउजिङमा प्रभु बैंकबाट ५५ करोड रकम ऋण दिएको खुलेको छ ।

    तामाङद्वारा सञ्चालित बौद्ध हाउजिङ प्रालिमा शेरचनले प्रभु बैंकबाट पहिले ४० करोड र पछि थप १५ करोड गरी ५५ करोड रकम ऋण दिएको पाइएको हो । तामाङसँग साँठगाँठ गरी शेरचनले सेटिङमा १५ करोड थप रकम ऋण दिलाएका हुन् । जुन प्रकरणलाई लिएर अहिले राष्ट्र बैंकले चासो देखाएको छ । यो गैरकानूनी लगानी प्रकरणमा प्रभु बैंक र सिइओ अशोक शेरचनको संलग्नता रहेको पुष्टि हुँदा समेत तामाङमाथि कारबाहीको डण्डा चलाएको सिआईबीले अनुसन्धान गर्ने चासो नै देखाएन ।



    तर, राष्ट्र बैंकले यस बारेमा अनुसन्धान गर्ने सुइको पाएपछि सिइओ शेरचन भने गभर्नर महाप्रसाद अधिकारी आफ्नो मान्छे भएको भन्दै कसैले केही गर्न नसक्ने ढ्वाङ पिटेर हिड्न थालेका छन् । आफू केपी शर्मा ओलीको पार्टी एमालेको तर्फबाट सांसदमा लड्ने भन्दै शेरचनले गभर्नर अधिकारीलाई एमालेकै नेतृत्व तहबाट दबाब दिन लगाई कारबाहीबाट जोगिएको स्रोतको दावी छ ।



    बैंक स्रोतका अनुसार शेरचनले अध्यक्ष देवी भट्टचन र बैंकका उच्च अधिकारीहरुलाई आफूले सिआईबीसम्म समेत सेटिङ मिलाइसकेको हुँदा अब बैंक मर्जरमा लगेर पुनः एक कार्यकाल थप गर्नुपर्ने विकल्प नरहेको बताउन थालेका छन् ।

    शेरचनले सेन्चुरी बैंकसँग प्रभु बैंकलाई मर्ज गर्न खोजिरहेका छन् । मर्ज गर्ने कुरा उठेपछि पहिला ग्राण्ड बैंकसँग मर्ज हुँदाको २ अर्व भन्दा बढी खराब ऋण प्रकरणले एकाएक भाँडिएको छ । राष्ट्र बैंक र सिआईबीले कारबाही गर्नुपर्ने भनेर निर्देशन दिएका तत्कालिन ग्राण्ड बैंककै कर्मचारीहरुलाई प्रभु बैंकको माथिल्लो तहमा राखेर शेरचनले संरक्षण गरिरहेका छन् ।

    त्यसैगरी जानकी मेडिकल कलेजमा सिइओ शेरचनले शुरुमा आफन्तलाई प्रवेश गराई ऋण दिएको विषय पनि अहिले छानविनको घेरामा परेको छ । सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा तामाङ र सिइओ शेरचन बीचको गैरकानुनी काराेबार बाहिर आएसँगै सिइओ शेरचन तिल्मिलाएका छन् । जसले गर्दा प्रभु बैंकमा भएको सर्वसाधरणको करोडौं निक्षेप अहिले जोखिममा परेको छ ।

    यस्तो छ शेरचन–तामाङ नेक्सस
    प्रभु बैंकका सिइओ अशोक शेरचन र सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङबीच व्यवसायीक सम्बन्ध समेत रहेको स्रोत बताउँछ । तामाङका कतिपय अदृष्य कम्पनीहरुमा शेरचनको पनि लगानी रहेको छ । तामाङलाई सिआईबीले बैंकिङ कसुर र संगठित अपराधमा अनुसन्धान गर्दा सिइओ शेरचन समेत तानिले अवस्था देखिएको थियो । तर, प्रभु बैंकको ५५ करोड रकम जोखिममा पुर्याएका शेरचनलाई सिआईबीले एक पटक पनि बोलाउने आँट गरेन । शेरचनले राजनीतिक दबाब दिन लगाई कारबाहीबाट उम्किएको बैंककै एक उच्च अधिकारीले अनलाइन नेपालसँग बताए ।

    २० रोपनी क्षेत्रफल रहेको उक्त हाउजिङ कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । इच्छाराज तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठेका नाममा दर्ता रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र राखिएको अनुसन्धानका क्रममा खुलेको छ ।

    जसमा तामाङका नाममा साढे चार करोड र श्रेष्ठका नाममा ५० लाख रुपैयाँ मात्र पुँजी लगानी देखाइएको छ । सोही कम्पनी धितो राखेर प्रभु बैंकबाट तामाङले ५५ करोड रुपैयाँ ऋण लिएका छन् ।

    कुनै पनि बैंकले नपत्याएका र डुब्न लागेका इच्छाराज तामाङलाई त्यति ठूलो रकम ऋण लगानी गरेको विषयमा अनलाईन नेपालले प्रतिक्रिया लिन खोज्दा सिइओ शेरचन सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार