Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ब्राजिलमा विनाशकारी बाढी, कम्तीमा ३८ जनाको मृत्यु

    ब्राजिलमा विनाशकारी बाढी, कम्तीमा ३८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका छन् ।

    रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरका लागि नगरप्रमुखको कार्यालयले दिएको जानकारीअनुसार मङ्गलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो ।



    यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो । बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको थियो ।



    विशेषज्ञहरूको भनाइअनुसार प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षा ऋतुमा पानीको वर्षा बढाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार