Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हङकङको स्वास्थ्य प्रणाली नाजुक बन्दै

    हङकङको स्वास्थ्य प्रणाली नाजुक बन्दै

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । एक्कासी तीव्र रूपमा कोभिड-१९ का  बिरामी बढेपछि हङकङको स्वास्थ्य प्रणाली नाजुक बनेको छ ।

    सरकारले कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोन भेरियन्टको कारण फैलिएको महामारीको पाँचौँ लहरविरुद्ध संघर्ष गरिरहेको स्वीकारेको छ ।



    अहिले अस्पतालहरूमा निकै भिड बढेको छ भने सैयौँको अभावमा संक्रमितहरूको अस्पताल भवन बाहिरै उपचार सुरु हुन थालेको छ ।



    नयाँ कीर्तिमानसहित बुधबारमात्र ४ हजार २८५ जना नयाँ संक्रमित फेला परेका छन् ।

    चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको मामिलामा दुर्लभ चासो प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले स्थानीय नेताहरूलाई कोरोना समस्याविरुद्ध सम्पूर्ण उपायहरू अबलम्वन गर्न अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार