Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अन्डरवर्ल्ड डन दाउदका भाइ इकबाल पक्राउ ,डी कम्पनीलाई सक्रिय बनाएको आरोप

काठमाडौँ । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका भाइ इकबाल कासकरलाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले पक्राउ गरेको छ । यसलाई डी कम्पनीमाथि प्रवर्तन निर्देशनालयको ठूलो कारबाहीका रूपमा हेरिएको छ ।

ईडीले अदालतमा याचिका दायर गरेको थियो, जसमा दाउदका भाइ इकबाल कासकरलाई हिरासतमा राख्न माग गरिएको थियो । दाउद र उनका सहयोगीहरू विरुद्ध चलिरहेको मुद्दाको छानबिनका लागि त्यसो गर्नु आवश्यक भएको बताइएको छ। अब यो निवेदन ठाणे अदालतले स्वीकार गरिसकेको छ । अब कासकरलाई ठाणे जेलबाट हिरासतमा लिइएको छ ।

उनलाई मुम्बईको पीएमएलए अदालतमा पेश गरिनेछ। यहाँबाट ईडी अधिकारीहरूले उनको हिरासतमा रिमान्डको माग गर्नेछन्।  कासकरमाथि मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) लगाइएको छ ।

इकबाल कासकरलाई दाउदसँग मिलेर गिरोह (डी कम्पनी) को गतिविधि सञ्चालन गरेको आरोप छ । कासकरले मुम्बईमा डी कम्पनीको अवैध कारोबार हेरिरहेका छन् । भर्खरै दाउद इब्राहिमको ग्याङ्ग डी कम्पनी भारतमा सक्रिय रहेको र यहाँको कानून व्यवस्था बिथोल्ने षड्यन्त्र गरिरहेको खबर आएको थियो ।

कराचीमा लुकेर बसेका दाउदले आफ्नो साझेदार छोटा शकील र अर्का भाइ अनीस इब्राहिमको सहयोगमा मुम्बई र आसपासका क्षेत्रमा हवाला, अवैध सट्टेबाजी, घर जग्गा कारोबार गरिरहेको खुलासा भएको छ। एजेन्सी सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077