Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन वायुसेवा संघको माग

    अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन वायुसेवा संघको माग

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन वायुसेवा सङ्घले माग गरेको छ ।

    कोरोना महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले विज्ञप्तिमार्फत कोरोना रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो ।



    विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ।



    ‘छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पीसीआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पीसीआर परीक्षण र सीसीएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाई पर्यटन उद्योगलाई राहत प्रदान गर्न सङ्घ सरकार समक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार