Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्डप्रति लक्षित गर्दै पोखरेलको टिप्पणी-‘एमसीसीबारे तयारीसहित भद्दा नाटक मञ्चन’

    प्रचण्डप्रति लक्षित गर्दै पोखरेलको टिप्पणी-‘एमसीसीबारे तयारीसहित भद्दा नाटक मञ्चन’

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले ‘भद्दा नाटक’ गरिरहेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले एमसीसीलाई आफैँले संसद्मा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै उनले माओवादी केन्द्रको आलोचना गरेका हुन् ।



    ‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो,’ पोखरेलले भनेका छन् ।



    उनले एमसीसी संसद्मा टेबल भइसकेपछि माओवादी केन्द्रका नेताहरूबाट आइरहेको अभिव्यक्तिलाई लक्षित गरेर टिप्पणी गरेका हुन् ।

    यसअघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एमसीसीको विपक्षमा रहेको बताएका छन् ।

    आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधकाबीच पेश गरिएको टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार