Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चोरीमा संलग्‍न रहेको आरोपमा दुई युवा पक्राउ

    चोरीमा संलग्‍न रहेको आरोपमा दुई युवा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले चोरीमा संलग्‍न रहेको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।

    पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्‍ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका-६ बस्‍ने २७ वर्षीय दिलिप लिम्बु रहेका छन् ।



    प्रहरीका अनुसार उनीहरुले मोरङ सुन्दरहरैचा नगरपालिका -९ विराटचोकस्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्‍य किराना मालसामानसमेत गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान लिएर फरार भएका थिए ।



    पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार