Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सर्लाहीमा स्यालको टोकाईबाट एकै गाउँका १५ जना घाइते, दुई जनालाई काठमाडौं पठाइयो

    सर्लाहीमा स्यालको टोकाईबाट एकै गाउँका १५ जना घाइते, दुई जनालाई काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्यालको टोर्काइबाट १५ जना घाइते भएका छनु ।

    आज (मंगलबार) एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका वडा नम्वर २ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो ।



    स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएको सर्लाही प्रहरीका प्रवक्ता कृष्ण गिरीले जानकारी दिए । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् ।



    ज्गलबाट निस्केको स्याल एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर २, नदिया पकडीका रामजनम मुखियाले बताए ।

    स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुई जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

    बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रवक्ता गिरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार