Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एयरपोर्टका डलर तस्करलाई च्याप्दै मन्त्री आले, अख्तियारले थाल्यो छानविन

    एयरपोर्टका डलर तस्करलाई च्याप्दै मन्त्री आले, अख्तियारले थाल्यो छानविन

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 5.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेका नियुक्ति एकपछि अर्को विवादमा परेका छन् । मन्त्री आलेले जहाँ–जहाँ हात हाले, त्यहाँ–त्यहाँ विवाद निम्तिएको छ । पछिल्लो समय मन्त्री आलेले पर्यटन बोर्डको सदस्यमा दुई जनालाई नियुक्ति दिलाउँदा पनि उनी विवादमा तानिएका छन् । बैंक डकैतीदेखि अवैध लागूऔषध कारोबारमा सजाय भोगेका लिला भन्ने टासी लामालाई गरिएको बोर्ड सदस्य नियुक्तिमा मन्त्री आले विवादमा तानिएका हुन् ।

    त्यसअघि मन्त्री आले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा १२औं तहका ६ जना बरिष्ठ कर्मचारी हुँदाहुँदै ११औं तहका कनिष्ठ प्रदीप अधिकारीलाई नियुक्ति गरेपछि विवादमा तानिएका थिए । अधिकारीलाई नियुक्ति गर्दा मन्त्री आलेले विमानस्थलबाट डलर तस्करी गर्दागर्दै पक्राउ परेका सुवास श्रेष्ठमार्फत आर्थिक चलखेल गरेको खुलेपछि नेकपा एकीकृत समाजवादी पार्टीभित्रै खोजीको विषय बनेको छ । अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा विमानस्थलसम्मको निर्माणमा अर्बौं भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् ।



    अधिकारी र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अधिकारी महानिर्देशक बनेसँगै श्रेष्ठलाई पुनः अन्तर्राष्ट्रिय टर्मिनल भवनको स्टेराइल कक्षमा कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्न दिने गरी समिति नै बनाएर सम्झौता गर्न लागिएको छ । विमानस्थलमा डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठको मुद्दा अदालतमा विचाराधिन हुँदाहुँदा मन्त्री आले र अधिकारीको मिलेमतोमा श्रेष्ठलाई पुनः विमानस्थलबाटै डलर तस्करी गर्न छुट मिल्ने गरी पसल सञ्चालनको अनुमति दिन लागिएको छ ।



    जुन प्रकरणमा अख्तियारले छानविन गरिरहेको छ । श्रेष्ठले अधिकारीलाई महानिर्देशक बनाउँदा मन्त्री आलेकहाँ पुगेर आर्थिक चलखेल गरेका थिए । क्यासिनोको वक्यौता रकम उठाएको ढ्वाँङ पिट्ने आलेले विमानस्थलमा स्टे अर्डरका भरमा दर्जनौ कफीसप सञ्चालन गरी बक्यौता नतिर्ने श्रेष्ठलाई भने काखी च्यापेका छन् । श्रेष्ठले नियम विपरित कफीसप सञ्चालन गरिरहँदा समेत राज्यका कुनै पनि निकायले बन्द गर्ने आँट गर्न सकेका छैनन् ।

    आलेकै गैरजिम्मेवारी र तस्कर पोस्ने व्यवहारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करको चलखेल समेत बढेको छ । विदेशबाट अहिले दिनहुँ किलोका किलो सुन तस्करी भइरहँदा समेत मन्त्री आलेको ध्यान जान सकेको छैन ।

    त्यस्तै, नेपाल वायुसेवा निगम हिमालयन एयरलाइन्सलाई विक्री गर्न सम्पत्तिको अति कम मूल्यांकन गरेको आरोपमा महाप्रवन्धक डिमप्रकाश पौडेल, बोर्ड सदस्य फुर ग्याल्जेन शेर्पा र इश्वरी पौडेलको छानविन गर्न मन्त्रालयका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा राजेशनाथ उप्रेतीसहितको ३ सदस्यीय कमिटी बनेको थियो । कमिटीले काम गरिरहेका बेला शेर्पा र पौडेलले चलखेल गरी उपे्रतीलाई पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमीको कार्यकारी निर्देशकमा पठाइयो ।

    उप्रेती एकेडेमीमा नियुक्ति भएपछि छानविन समिति अलपत्र परेको छ । उप्रेतीको ठाउँमा अर्को सदस्यको नियुक्ति हुन सकेको छैन । निगमको छानविन गर्ने कुरा पनि अब हराएको छ । निगमको चल अचल सम्पत्ति एक खर्ब भन्दा बढी भएपनि आधा भन्दा कम मूल्यांकन गर्न लगाई हिमालयन एयरलाइन्सलाई विक्री गरी २०औं करोड कुम्ल्याउने दाउमा महाप्रवन्धक डिमप्रकाश पौडेल र सदस्यद्वय शेपा तथा पौडेल थिए । आलेले निगमको सम्पत्ति कौडीको मूल्यमा विक्री गर्न खोज्नेलाई कारबाही गर्ने भनेर बनाएको छानविन समिति अलपत्र परेको छ ।

    पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीलाई बोर्डको बैठकबाट स्पष्टिकरण सोधी निलम्बन गर्नुपर्नेमा मन्त्रालयबाट स्पष्टिकरण सोध्दा उनी कानूनी रुपमा बलिया भए, त्यसैले सर्वोच्चले उनलाई निलम्बन नगर्न आदेश दियो । आलेले बोर्डका सिइओ रेग्मीको निलम्बनको बारेमा मन्त्रालयका सहसचिव र सचिवसँग परामर्श नगरी हचुवाका भारमा निर्णय गर्दा रेग्मी हटाउने उनको प्रयास सफल हुन सकेको छैन । सुन तस्करी गरेको पुष्टि भइसक्दा पनि रेग्मीलाई हटाउन आले असफल भएका छन् ।

    पशुपति क्षेत्र विकास कोषको समस्या पनि हल हुन सकेको छैन । भारतले बनाइदिएको धर्मशालामा कानून मिचेर बतास समूह पसेको भन्दै हटाएका मन्त्री आलेले गौशालाको धर्मशाला कब्जा गरेको माडवाडी सेवा समितिलाई भने आर्थिक सहयोग गर्ने वचन दिएका छन् । मन्त्री आले यो विषयमा पनि विवादमा तानिएका छन् ।

    पछिल्लो सयम त उनले अपशब्द बोलेको अडियो समेत बाहिरिएको थियो । यसरी पटक–पटक विवादमा तानिएका मन्त्री आलेलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने फिर्ता बोलाउने आँट गरेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार