Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • नयाँ बानेश्वरमा केपी ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

    नयाँ बानेश्वरमा केपी ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको एमाले प्रचार प्रसार उपप्रमुख बिष्णु रिजालले जानकारी दिए।



    भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।

    रिजालका अनुसार उनीहरुबीच पछिल्लो समयामयिक राजनीतिक अवस्था, एमसीसी, संसद अवरोधलगायतका बिषयमा छलफल भइरहेको छ।

    माओवादी नेताहरुसँगको भेटअघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। देउवासँगको भेटमा ओलीले सरकारले एमालेको माग सम्बोधन गरे एमसीसीमा पक्ष लिन सक्ने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार