Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना संक्रमण घटेसँगै नयाँ दिल्लीमा कोभिड–१९ जन्य प्रतिबन्ध अन्त्यको घोषणा

    कोरोना संक्रमण घटेसँगै नयाँ दिल्लीमा कोभिड–१९ जन्य प्रतिबन्ध अन्त्यको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । भारतको दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै प्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको छ ।

    दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले कोरोना नियन्त्रणका लागि अपनाइएका प्रायः सबै प्रतिबन्धहरू अन्त्य गर्ने घोषणा गरेको हो ।



    कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि नियन्त्रणका लागि अपनाइएका प्रायः सबै प्रतिबन्धहरू हटाइएको हो ।



    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको जानकारी दिए ।

    अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयहरूले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार