Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, युद्ध जारी छ : प्रचण्ड (भिडियो)

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन जोगाउन आफूहरुले अन्तिम कसरत गरिरहेको बताएका छन्।

शनिबार बिहान काठमाडौँमा 'जनयुद्ध'का प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिसभामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर आफूहरु लागिरहेको प्रचण्डको भनाइ छ ।

यस्तै, कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताए । 'युद्द र राजनीति भनेको माओसेतुङ्ले भनेजस्तै हो, युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातहीन युद्ध हो, ' प्रचण्डले भने।

‘अहिले हामी रक्तपातहीन युद्धमा छौं। हिंसामा छैनौं, बन्दुक लिएर हिँडेका छैनौं तर युद्ध जारी छ,' अध्यक्ष प्रचण्डले भने, 'युद्ध रोकिएको छैन’।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077