Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आयुक्त पौड्यालको सेटिङमा अयोग्य ठहर भएको चौधरीको कम्पनी ग्यावियोनेटलाई ११ करोडको कागज खरिद ठेक्का

    आयुक्त पौड्यालको सेटिङमा अयोग्य ठहर भएको चौधरीको कम्पनी ग्यावियोनेटलाई ११ करोडको कागज खरिद ठेक्का

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 4.6K
    SHARES

    काठमाडौं । आगामी वैशाख ३० गतेको लागि घोषित स्थानिय तहको निर्वाचनका लागि आवश्यक पर्ने कागज खरिद सम्झौतामा निर्वाचन आयोगले अयोग्य ठहर भएको कम्पनीलाई ठेक्का दिलाएको खुलेको छ ।

    आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रका लागि कागज खरिद गर्ने ठेक्का ग्यावियोनेट इन्भारोमेन्ट सोलुसन प्राली (जिइएस) लाई दिएको छ । जबकी उक्त कम्पनीलाई आयोगकै छानबिन समितिले अयोग्य ठहर गरेको थियो ।





    शनिबार प्रकाशित सूचना अनुसार निर्वाचन आयोगले ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँको कागज खरिद ठेक्कामा ग्यावियोनेट इन्भारोमेन्ट सोलुसनलाई छनौट गरिसकेको छ । आयोगले निर्वाचनका लागि काजग खरिदका लागि इलेक्ट्रोनिक टेण्डर प्रक्रियाबाट २५ दिनभित्र सामान उपलब्ध गराउने गरी फागुन ४ गते बोलपत्र आह्वान गरेको थियो । एक साता भित्र टेण्डर आह्वान गरि प्रकाशित गरिएको सूचना अनुसार आयोगले त्यतिबेलै ग्याबियोनेटलाई ठाडो आदेशमा कार्यादेश दिइसकेको खुलेकाे थियाे ।

    निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालको ठाडो निर्देशनमा नर्भिक अस्पताल र खुकुरी रमका मालिक समेत रहेका बसन्त चौधरीको स्वामित्व रहेको ग्याबियोनेटलाई उक्त ठेक्का दिलाइएको हो ।

    उक्त कम्पनीको उद्देश्यमा कागज खरिद र छपाई सम्बन्धि काम गर्न पाउने नै उल्लेख नभएको अवस्थामा आयुक्त पौ्ड्यालकै सेटिङमा नियमावली नै संशोधन गर्न लगाई ठेक्का दिलाइएको स्रोतको दावी छ । उक्त कम्पनी घरेलु तथा साना उद्योगमा नयना श्रेष्ठ र खेमकाको नाममा दर्ता रहेको खुलेकाे छ ।

    यसअघि आयोगले गठन गरेको मुल्यांकन समितिले उक्त कम्पनिलाई ठेक्का दिन नमिल्ने सिफारिस गरेको थियो । तर, रक्षा सचिव भएदेखि नै चौधरीसँग सेटिङ मिलाएर काम गर्दै आएका आयुक्त पौड्यालले ग्यावियोनेट जबर्जस्ती ठेक्का दिलाएका हुन् । प्राविधिक विशेषज्ञले अयोग्य भनेपनि पौड्यलको ठाडो निर्देशनमा ग्यावियोनेटले ठेक्का पाएको स्रोतको दावी छ ।

    पौड्याल निर्वाचन आयुक्त बनेलगत्तै ग्यावियोनेटलाई कागजको ठेक्का दिलाउन सेटिङमा प्रबन्ध पत्र तथा निमावली नै संशोधन गर्न लगाएको समेत स्रोतको दावी छ । हामीलाई प्राप्त कागजात अनुसार गत साउन ४ गते प्रबन्ध पत्र संशोधन भएको थियो । प्रवन्ध पत्रको दफा ४(१) मा ङ र च बुँदा थप गरिएको छ । उक्त बुँदामा कागज खरिद र प्रिन्टिङसम्बन्धि उल्लेख भएको छ ।

    यसअघि रक्षा सचिव हुँदा पौड्यालले चौधरीको पशुपति विस्कुटलाई नेपाली सेनामा विस्कुट खरिदको ठेक्का दिलाएका थिए । त्यतिबेला गुणस्तर तथा नापतौल विभाग समेतको मिलेमतोमा चौधरीको कम्पनीलाई ३ अर्बको दूध विस्कुटको ठेक्का दिलाइएको खुलेको थियो ।

    चौधरीले नर्भिक अस्पताल र खुकुरी रम नामक रक्सी उद्योग संचालन गर्दै आएका छन् । आफू उच्च पदमा बहाल रहँदाका समयमा पौडेलले चौधरीका विभिन्न कम्पनीहरुलाई ठेक्का दिलाउँदै आएको स्रोतले दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार