Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

व्याख्यात्मक घोषणा भनेको गठबन्धन बचाँएर एमसीसीको समस्या हल गर्ने उपाय: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अनुमोदनका लागि गरिएको 'व्याख्यात्मक घोषणा'बारे स्पष्ट पारेका छन्।

आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि त्यही सहमति गरेको थियो।

प्रचण्डका अनुसार व्याख्यात्मक घोषणा भनेको गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उत्तम उपाय हो।  पार्टीको जारी संसदीय दलको बैठकमा प्रचण्डले लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यस्तो सहमति गरेको बताए।

अबको केहीबेरपछि संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077