Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १८० जनामा संक्रमण पुष्टि हुँदा ४०० जना डिस्चार्ज

    १८० जनामा संक्रमण पुष्टि हुँदा ४०० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ पीसीआर परीक्षणमा ११९ जना र ३ हजार १२३ एन्टिजेन परीक्षणमा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार २३५ रहेको छ ।



    कोरोनाका कारण आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर थप १ लाख ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार