Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • पीडित गायिकाको पक्षमा बोलिन् नायिका ऋचा, उनकै करमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार हो

    पीडित गायिकाको पक्षमा बोलिन् नायिका ऋचा, उनकै करमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार हो

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्री ऋचा शर्मा भने पीडितको पक्षमा उभिएकी छन्।

    अभिनेत्री रेखा थापा पीडितको पक्षमा उभिएपछि अर्की अभिनेत्री ऋचा पनि पीडितको पक्षमा उभिएकी हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताएकी थिइन् ।



    लगत्तै अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् ।‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।



    अभिनेत्री ऋचाको भनाइमा चर्चित गायक शिव परियारले पनि सहमत जनाएका छन् , ऋचाको कुरा आफूलाई मानासिव लागेको परियारको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार