Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश

    म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । प्रिमियर लिग क्लब सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरेका हुन् ।



    वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा मंगलबार राति सम्पन्न खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो ।



    सिटीका लागि खेलको ६०औं मिनेटमा रियाद महारेजको गोल गर्दै सुरूआती अग्रता दिलाए। त्यसपछि ६७ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार