Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ

    अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन्।



    प्रहरीका अनुसार उनीहरुलाई बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोकसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरिएको हो।



    यस सम्बन्धमा उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार