Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • १२७ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    १२७ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 771
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ३२१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।



    कोरोनाका कारण आज ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसघि हिजो १५८ जनामा संक्रमण पुष्टि हुँदा ३५४ जना डिस्चार्ज भएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार