Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बिजुक्छेलाई भेट्न भक्तपुर पुगे विप्लव

    बिजुक्छेलाई भेट्न भक्तपुर पुगे विप्लव

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

    बुधबार दिउँसो बिजुक्छेलाई भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए ।



    बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।



    बिजुक्छेसँगको भेटअघि विप्लवले आज मात्रै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास हरिसिद्धिमा भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार