Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • धमाधम सम्पत्ति व्यवस्थापन गर्दै प्रधानन्यायाधीशका भाइ, सम्पत्ति शुद्धिकरण विभाग किन मौन ?

    धमाधम सम्पत्ति व्यवस्थापन गर्दै प्रधानन्यायाधीशका भाइ, सम्पत्ति शुद्धिकरण विभाग किन मौन ?

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशको गरिमालाई कायम राख्न नसकेपछि चोलेन्द्रशमशेर राणाकाविरुद्ध प्रतिनिधिसभाका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरे । कार्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसन र सर्वोच्चका १७ न्यायाधीशले राजीनामा माग गरेपछि न्यायालय अस्तव्यस्त रहँदै आएको थियो । न्यायाधीशहरुले इजलाश बहिष्कार गरी राणाको राजीनामा मागे । तर, बार र न्यायाधीशहरुको माग सुनुवाई नगरी प्रधानन्यायाधीश राणाले कुर्सी छोडेनन् ।

    बारले निरन्तर धर्ना दियो । न्ययाधीशहरुले इजलाश बहिष्कार पछि बेन्च सेयर नगर्ने निर्णय गरे । तर, राणाले राजीनामा दिएनन् । राणा राजीनामा नदिई निर्लज्जतापूर्वक पदमा टाँसिएपछि न्यायालयको डेडलक खोल्न राणामाथि महाअभियोग दर्ता गर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगेको थियो । राणाविरुद्ध फागुन १ गते महाअभियोग दर्ता भएपछि उनले राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, उनले महाअभियोग दर्ता गरेको १८ दिन वितिसक्दा पनि राजीनामा नदिई निवास समेत कब्जा गरेर बसिरहेका छन् । न्यायालयको नेतृत्वमा पुगेका राणाकाविरुद्ध नेपाल बारदेखि स्वयम् सर्वोच्चका सबै न्यायाधीशले राजीनामा माग्दा पनि नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता गठबन्धनका नेताहरुले महाअभियोग लगाउने बाध्यता आएको थियो ।



    न्यायपरिषद्को बैठक बस्न नसक्दा विशेष अदालतका अध्यक्षदेखि सदस्यसम्मको सरुवा हुन सकेको थिएन । ७ महिनादेखि विशेष अदालतमा अध्यक्षसहित ४ सदस्य रिक्त थियो । राजश्व न्यायाधीकरणमा न्यायाधीश नियुक्ति हुन नसक्दा ८ महिनादेखि राजश्वसम्बन्धि मुद्दाहरु पेण्डिङमा थिए । स्थानीय निर्वाचनका लागि जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने कार्य समेत राणाकै कारण नहुने भएपछि सत्ता गठबन्धनले बाध्य भएर महाअभियोग ल्याएको थियो ।



    प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतलाई न्याय विक्री गर्ने अखडामा रुपान्तरित गरेका थिए । राणाका भाइ प्रभुशमशेर, उनका परिवारका अन्य सदस्यहरु, टे«डमार्क चोरीमा संलग्न कैलाशचन्द्र गोयल, विवादास्पद महिला आकृति रायमाझीसहितका विचौलियाहरुले करोडौं करोडको बार्गेनिङ गर्ने गरेका समाचारहरु आउँदा पनि राणा सुध्रिन सकेनन् । न्यायालय बद्नाम भयो । सरकारी जग्गाका मुद्दादेखि व्यक्तिका निजी सम्पत्तिका मुद्दामा समेत राणाका भाइ प्रभुदेखि रायमाझीहरुले सेटिङ गर्ने र त्यही अनुसार फैसला हुने गरेका एक होइन, अनेक दृष्टान्त सार्वजनिक भए ।

    चोलेन्द्र शमशेर राणा र उनका भाइ प्रभुकाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा डा. गोविन्द केसीले अकुत सम्पत्तिमा उजुरी हालेका छन् । तर, उजुरी दर्ता गरेको महिना वित्दा पनि विभागले सामान्य पत्रसमेत नपठाएको स्रोतले बतायो । राणामाथि अदालतका मुद्दामा सेटिङ गरी अरबौं सम्पत्ति आर्जन गरेको आरोप छ । सम्पत्ति शुद्धिकरणले पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गर्ने इतिहासकै बद्नाम पात्र राणा दाजुभाइमाथि गहन अनुसन्धान गर्ने अपेक्षा गरिएको थियो । तर, विभागले राणा दाजुभाइको उजुरीमा सुनुवाइ नै नगरेपछि सेटिङ गरेको आशंका बढेको छ । विभागका महानिर्देशक प्रेम भट्टराई कुनै बेला अदालतकै विचौलिया भएकाले राणा दाजुभाइसँग उनको विशेष सम्बन्ध रहेकै कारण विभागले उजुरीमा चासो नदिएको विभाग स्रोत नै उल्लेख गर्छ । भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँदा अदालतको मुद्दाको विचौलियाको काम गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।

    राणाका दाजुभाइले व्यक्तिको सम्पत्ति कसरी तर्साएर हडप्थे भन्ने दृष्टान्त बानेश्वरको आइपेक्स मल निर्माण गरेको जग्गा र ठमेलको एक घरलाई लिन सकिन्छ । बानेश्वरको तत्कालिन शिवदर्शन सिनेमा हल रहेको २७ आज जग्गा एक विधवा महिलालाई तर्साएर राणाका दाजुभाइले कौडीको मूल्यमा हडपेका थिए । जहाँ अहिले राणाका दाजुभाइले विशाल सपिङ कम्प्लेक्स बनाएका छन् । राणा प्रधानन्यायाधीश हुन अगाडि हडपेर मल निर्माण शुरु गरिएको थियो । राणा प्रधानन्याधीश भएको एक वर्षभित्रै उक्त मल तयार भयो । प्रभुशमशेरले मुद्दामा सेटिङ गरी करोडौं घुस लिएर उक्त मल एक वर्षमै तयार गरेका थिए । आइपेक्स मलको लगानी समेत सम्पत्ति शुद्धिकरणले खोजी गर्ने अपेक्षा गरिएको छ ।

    त्यसैगरी ठमेलको मुख्य चोकमा रहेको एक घर पनि प्रभुशमशेरले तर्साएरै कौडीको मूल्यमा हडपेका छन् । प्रभुशमशेरले अनेक जालझेल गरी हत्याएको दशौं करोडको उक्त घर कर छल्न साढे चार करोडमा पास गरेका थिए । ठमेलको उक्त घर मुद्दा परेकाले उनले मुद्दा मिलाएर बेच्ने भन्दै खरिद गरेका थिए । जुन घरमै उच्च अदालतका एक न्यायाधीशले नै मुद्दा हाल्नेहरुलाई धम्क्याएको भिडियो नै सार्वजनिक भएको थियो । अहिले उक्त घर बेच्ने भन्दै उनले १४ करोडको हाराहारीमा मोलमोलाई गरिरहेको एक व्यवसायीले बताए । उक्त घरलगायत प्रभुशमशेरको सम्पत्तिको विषयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेपनि छानविन हुन सकेको छैन ।

    राणालाई महाअभियोग लागेको, महाअभियोग फिर्ता हुने सम्भावना कम रहेको र सम्पत्ति शुद्धिकरणमा उजुरीसमेत परेपछि मुद्दाको सेटिङ गरेर किनेका जायजेथा धमाधम विक्री गर्न थालेका छन् । राणाका भाइ प्रभुशमशेरले एकपछि अर्को गर्दै आफ्नो नाममा रहेको सम्पत्ति विक्री गर्न थालेका छन् । उनले कालिकास्थनको सिल्भरसिटी अपार्टमेन्ट ८ करोडमा बेचिीसकेका छन् । बालुवाटारको २२ आना जग्गा पनि विक्री गरिसकेपछि अन्यत्र रहेका अरबौंका सम्पत्ति बेच्नेक्रम शुरु गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार