Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • परीक्षा सारिएको विरोधमा विश्वविद्यालयमा तोडफोड, चारजना पक्राउ

    परीक्षा सारिएको विरोधमा विश्वविद्यालयमा तोडफोड, चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् ।

    गत बुधबार तय भएको परीक्षा सारिएको विरोधमा बीबीए प्रमथ वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । बिना सूचना परीक्षा सारिएको आक्रोसित विद्यार्थीको भनाइ छ ।



    विश्वविद्यालयले पटक-पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलवाड गरिरहेको उनको आरोप छ ।



    तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार