Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बलात्कार आरोपी पल शाह र दीपक गिरीमाथि अभिनेत्री ऋचा शर्माले हानिन् तीखो वाण !

    बलात्कार आरोपी पल शाह र दीपक गिरीमाथि अभिनेत्री ऋचा शर्माले हानिन् तीखो वाण !

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । अभिनेत्री ऋचा शर्माले मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षिया करुणा राईको बलात्कारपछिको हत्या प्रकरणबारे आफ्नो मुख खोलेकी छन्।

    अभिनेत्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जस्टिक फर करुणा राई र ‘जस्टिक फर अल भिक्टिम; भन्दै नारीहरुलाई बस्त्र लगाएरै जन्म लिन व्यंगात्मक आग्रह समेत गरेकी छन्।



    ‘छोरीहरु नाङ्गै जन्मिएको देख्दा पनि उत्तेजित हुन सक्छन् कामबासनाका पुजारीहरू,’ शर्माले फेसबुकमा लेखेकी हुन्। 



    शर्माले अघि लेखेकी छन्, ‘बस्त्र लगाएर जन्म लेउ है नारी हो तिमीलाई नाङ्गै जन्मिएको देख्दा उत्तेजित हुन सक्छन् कामबासनाका पुजारीहरू। …’ अघिल्लो हप्ताको बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी राईको शव गत हप्ताकै शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो ।

    बालिकाको हत्या आरोपमा प्रहरीले दीपक गिरीलाई पक्राउ गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

    यसअघि अभिनेत्री शर्माले नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको विपक्षमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्। त्यतिबेला उनले पीडित गायिकाको पक्षमा बोल्दै भनेकी थिइन्–’बालिककै करमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार