Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • छक्का पन्जा र समिक्षा

    दीपकराज गिरीले सुनाए सुरुदेखिकै वृतान्त: ‘समिक्षालाई गाली नगरौं, म पनि दोषी हुँ’

    दीपकराज गिरीले सुनाए सुरुदेखिकै वृतान्त: ‘समिक्षालाई गाली नगरौं, म पनि दोषी हुँ’

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ । हाँस्य कलाकार तथा सफल चलचित्र निर्माता दीपकराज गिरीले पछिल्लो समय निकै चर्चामा रहेको पल-समिक्षा प्रकरणबारे आफ्नो मुख खोलेका छन् ।

    कलाकार गिरीले गायिका समीक्षा अधिकारीलाई गाली गर्न बन्द गर्नुपर्ने बताएका छन् । पछिल्लो समय आफूविरुद्ध अभिनेता पल शाहले जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी बाल गायिकालाई धेरैले गाली गरेका छन् । सोही प्रकरणमा गिरीले गाली बन्द गर्नुपर्ने बताएका हुन्।



    शुक्रबार अपरान्ह सामाजिक संजालमा एक लामो स्टाटस लेख्दै आफूले समीक्षालाई यस क्षेत्रमा ल्याएको भन्दै उसले गरेको राम्रो र नराम्रो काम दुवैको जस/ श्रेय आफू र यस क्षेत्रले लिनुपर्ने गिरीको भनाइ छ ।



    गिरीले समीक्षाले यस क्षेत्रमा सुरु गर्दादेखिको क्षणलाई समेत स्मरण गरेका छन्। उनले भोगिरहेको आजको नियतीमा आफूलाई पनि दोषि देखिरहेको गिरी सुनाउछन्।

    ‘एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ । तर, मिडियामा आएझै ब्वाई फ्रेण्डहरू राख्ने, सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने, नावालिक भएर पनि यस्तो गर्ने, त्यस्तो गर्ने, यो चाहिँ उनले गाउँबाटै सिकेर आएकी थिइन कि कसो? यस्को जिम्मा चाहि हामिले लिने कि नलिने ?’ गिरीको प्रश्न छ।

    यस्तो छ कलाकार गिरीको स्टाटस :

    आज म लेख्दैछू …..
    “छक्का पन्जा र समिक्षा” पछिल्लो घटना क्रमले समाज नै तरंगित बनेको छ !

    केश अदालतमा पुगीसकेकोले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यहाँ केबल समिक्षा जस्ले छक्का पन्जाबाट यो रंगिन दुनियॉमा कदम राखिन्। त्यो बारेमा केही शेयर गर्न चाहन्छू…. जब हामी छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ, हामीलाइ स्कूले बिद्यार्थीको अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यहा हेड मास्टरले सहयोग गर्नु भो। 

    ८,१० जना बिद्यार्थीहरू छनौट भए त्यसमध्य एक थिइन् समिक्षा… गोरी, राम्री, लजालू स्वभाब भएकी.. दिएको संबाद राम्रोसंग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वरले हामी सबैलाइ तान्थ्यो,

    छायॉकार मित्र पुरुषोत्तम प्रधानले मोबाइलमा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै समिक्षालाई देशको राजधानी काठमाडौँमा स्थापित हुने मार्ग बन्न पुग्यो !

    सुटिगंका क्रममा मैले उन्को धेरैपल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामीलाई यिनी प्रति धेरै बिश्वास छ ,
    एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनले लोभ लाग्दो प्रगति गरिन पनि , त्यसपछि उनीसंग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटकहरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टरले फोन गरेर ‘हाम्रो चेलीले सॉच्चै राम्रो गरेकी छे दिपकजी ! तपाइहरू सुटिगंमा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ ‘ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनीमाथि बर्सिएको गालि सुन्नु पर्यो ,अब म दुबिधामा परे ! के गरौ ?

    कक्षा छ मा पढिरहेकी एक बालिकालिई माइकमा गीत गाउन, कस्ले सिकायो ? हामिले !
    मिडियासामू बोल्न ,कार्यक्रममा कति पारिश्रमिक माग्ने , कोसंग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो ? मेरै क्षेत्र ले सिकाएको हो , हामीले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ !

    ‘एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ ।

    तर, मिडियामा आएझै ब्वाई फ्रेण्डहरू राख्ने, सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने, नावालिक भएर पनि यस्तो गर्ने, त्यस्तो गर्ने, यो चाहिँ उनले गाउँबाटै सिकेर आएकी थिइन कि कसो? यस्को जिम्मा चाहि हामिले लिने कि नलिने ?’  यो बालिकालाई हामीले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने, तर उक्त बालिकाले सिकेको नराम्रो बानीको ठेक्का चाहि लिने कि नलिने?

    उनको  boy friend हरू भनेको स्कूल पढ्दा देखिका का हुन् कि यही क्षेत्रमा आएपछि बनेका हुन् ? छोरोले फष्ट आउदा मेरो छोरो, छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि ‘ए तेरो छोरो ले हेर के गर्यौ ?

    उनी आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगीरहेकी छिन त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ?
    मलाइ यहाँ यो दोषी र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!

    मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगतिमा गर्व गर्छू भने उनले भोगिरहेको आजको नियतीमा आफूलाई पनि दोषी देखिरहेको छू !!

    यति भनिरहदॉ मैले पनि गाली खानु पर्नेछ अब गाली त बानि जस्तै भैसक्यो …. जय नेपाल !!!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार