Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आगामी जेठ दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

    आगामी जेठ दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ ।

    आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डले जनाएको छ ।



    आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी परीक्षको तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाको समय तालिका छिट्टै सार्वजनिक गर्ने उनले बताए ।



    बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो ।

    गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार