Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु : सुर्खेत तनावग्रस्त, प्रहरी कार्यालय तोडफोड

    प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु : सुर्खेत तनावग्रस्त, प्रहरी कार्यालय तोडफोड

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 2.5K
    SHARES

    सुर्खेत । सुर्खेतमा प्रहरीको कुटपिटबाट एक युवकको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । कालीकोटका कृष्ण हमालको प्रहरीको कुटपिटबाट मृत्य भएको भन्दै उनका आफन्तहरु आन्दोलित भएका हुन् ।

    शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमाललाई मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    नियन्त्रणमा लिएका हमाललाई सुर्खेत अस्पतालले शनिबार बिहान मृत घोषणा गरेको हो । रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् । हमाललाई बिहान सवा दश बजे सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भएको जनाएको छ ।



    हमालका आफन्तले शव बुझेका छैनन्। उनीहरूले वीरेन्द्रनगरका मंगलगढी र यरीचोकमा टायर बालेर आन्दोलन समेत गरेका छन्। आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

    यता प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानबिन गर्नका लागि पीडित पक्षसँग बसेर समिति बनाएको र छानबिन सुरु गरी दोषि देखिए कारबाही गरिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार