Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • २६ लाखको बैंकिङ् कसूर मुद्धामा फरार घिमिरे जोरपाटीबाट पक्राउ

    २६ लाखको बैंकिङ् कसूर मुद्धामा फरार घिमिरे जोरपाटीबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका-९ घर भइ काठमाडौँ बौद्ध बस्ने ३६ बर्षीय श्याम सुन्दर घिमिरे रहेका छन्।



    महाशाखाका अनुसार उक्त मुद्धामा घिमिरेलाई गत मङ्सिर २८ गत्रे र माघ २७ गते उच्च अदालत पाटनको फैसलाले छब्बिस लाख रूपैँया जरिवाना र ८ दिन कैद सजाय तोकेको थियो।



    अदालतको फैसलापछि फरार रहेका घिमिरेलाई महाशाखाबाट खटिएको टोलीले आइतबार जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार