Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हमाल मृत्यु प्रकरण: असई धामीविरुद्ध हिराचन्द्रले दिए किटानी जाहेरी

    हमाल मृत्यु प्रकरण: असई धामीविरुद्ध हिराचन्द्रले दिए किटानी जाहेरी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    सुर्खेत । प्रहरीको कुटाईबाट मृत्यु भएको भनिएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध जाहेरी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असई धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी दिएका हुन् ।



    शनिबार बिहान १०:१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति ११:५० बजे नेपालगन्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नम्बरको गाडीमा सवार थिए । हमाललाई  मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    नियन्त्रणमा लिएका हमाललाई सुर्खेत अस्पतालले शनिबार बिहान मृत घोषणा गरेको हो । रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन्। हमाललाई बिहान सवा दश बजे सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भएको जनाएको थियो।

    आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् । शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

    हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार