Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डेढ करोड हुण्डीको रकमसहित बाफलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले काठमाडौंको बाफलबाट करोडौंको हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत फर्मेन्जगन्ज घर भइ काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाल रहेका छन्।

महाशाखाका अनुसार बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाललाई अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

अग्रवाललाई १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077