Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस सभापतिका लागि मधेशका चार जिल्लामा आज मतदान हुँदै

    कांग्रेस सभापतिका लागि मधेशका चार जिल्लामा आज मतदान हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । मधेश प्रदेशको चार वटै जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सोमबार एकै पटक मतदान हुँदैछ । जिल्ला सभापतिको लागि धुनषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

    धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुने भएको छ । यहाँ संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव चुनावि मैदानमा उत्रिएका छन् । तीनै जनाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तीनै जना प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।



    सिरहामा पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव संस्थापन पक्ष र चौधरी संस्थापन इतर पक्षबाट उम्मेदवारी दिएका छन् ।



    यता सर्लाही र रौतहटमा दुई–दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम टुंगो लाग्नेछ ।सर्लाही सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा छन् ।

    रौतहट सभापतिका लागि संस्थापन पक्षबाट सुनिल कुमार यादव (जितेन्द्र) र संस्थापन इतर पक्षबाट हृदयनारायण यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार