Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डेढ करोडभन्दा बढी हुण्डीको रकमसहित कालिमाटीबाट दुई जना पक्राउ

    डेढ करोडभन्दा बढी हुण्डीको रकमसहित कालिमाटीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले काठमाडौंको कालिमाटी एरियाबाट करोडौंको हुण्डी कारोबारीहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भारत फर्मेन्जगन्ज घर भइ काठमाडौं ताहचल बस्ने ३२ वर्षीय अमित अग्रवाल र काठमाडौँ कीर्तिपुरका २४ बर्षीय बिक्की खड्की रहेका छन्।



    महाशाखाका अनुसार पक्राउ पर्नेमध्यका अग्रवाल काठमाडौंको असनस्थित मख्खन गल्लीमा बिमला इन्टरनेशनल प्रा.लि.का संचालक समेत हुन् । अग्रवाल र खड्कीलाई अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।



    उनीहरुको साथबाट १ करोड ५० लाख नगदसहित ल्यापटप, मोबाइल र बिभिन्न कागजपत्र समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाइएको महाशाखाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार