Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जब सेन्टरको नाममा ठगी धन्दा, दुई युवतीसहित ९ जना गिरोहको यसरी भयो पर्दाफास

    जब सेन्टरको नाममा ठगी धन्दा, दुई युवतीसहित ९ जना गिरोहको यसरी भयो पर्दाफास

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले जब सेन्टरको नाममा ठगी धन्दा चलाएको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट दुई युवतीसहित ९ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–६ ठूलापोखरी घर भइ भक्तपुर लोकन्थली बस्दै नयाँ बानेश्वरमा सोसियल वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक २६ वर्षीय अमर पाण्डे र सोही ठाउँका ३२ वर्षीय तिलकराम पाण्डे छन्।





    यस्तै, लमजुङको दुधपोखरी गाउँपालिका–२ घर भइ काठमाडौँ जरंखु बस्दै बालाजुमा जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका २२ वर्षीय आनन्द मरहठ्ठा, सिरहा घर भइ कोटेश्वरमा एनएन मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएका २३ वर्षीय विवेक यादव, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई आकाशेपुलमा एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि सञ्चालन गर्ने २८ वर्षीय अश्विन राई रहेका छन्।

    यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्दै आएका २२ वर्षीय घनश्याम पहाडी, रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिलमा प्राक्षा जब इन्टरनेसनल मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएकी २५ वर्षीया सृजना लामिछाने, मोरङको विराटनगर उपमहानगरपालिका–४ घर भई कोटेश्वरमा क्वीकमान्डु एमपी प्रालि सञ्चालन गर्दै आएकी ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहटको मौलापुर गाउँपालिका–५ घर भई कोटेश्वरमै अनमोल जब मिल्टपल प्रालि सञ्चालन गर्दै आएका २२ वर्षीय रामवचन यादव छन्।

    महाशाखाका अनुसार उनीहरुले विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि  सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखि रु ५०० सम्म फारम चार्ज तथा १००० देखि ६००० सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाइएको छ।

    यसैगरी उनीहरुले फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार