Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • श्रीमती हत्यामा संलग्न श्रीमान ६ बर्षपछि पक्राउ, इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

    श्रीमती हत्यामा संलग्न श्रीमान ६ बर्षपछि पक्राउ, इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई ६ बर्षपछि पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिराहा बिसनपुर गाउँपालिका-५ घर भएका विक्की मुस्कान भन्ने भोगेन्द्र यादव रहेका छन्।



    महाशाखाका अनुसार यादवले विसं २०७२ बैशाख १५ गते श्रीमती २५ बर्षिया आरती परियार (यादव)लाई ललितपुर लेले-९स्थित पिआईए पार्क जाने जंगलमा धारिलो हतियारले घांटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको थियो ।



    घटनापछि कतार गइ लुकेका अभियुक्त यादवलाई सोमबारप्रहरी प्रधान कार्यलय इन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले नेपाल ल्याइएको  महाशाखाको भनाइ छ ।

    उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीको लागि यादवलाई महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार