Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

    मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाँकेकोमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

    जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।



    यस्तै मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् । तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ ।



    घाइते चौधरीको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार