Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना भाइरस:

    फेरि बढ्यो संक्रमितको संख्या, थप १९४ जनामा संक्रमण पुष्टि

    फेरि बढ्यो संक्रमितको संख्या, थप १९४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 936
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनको तुलनामा आज संक्रमितको संख्या फेरि बढेको हो। यसअघि हिजो सोमबार मात्र ८८ जनामा संक्रमण पुह्स्ती भएको थियो।

    मंगलबार ६ हजार ३९४  जनाको कोरोना परीक्षण गर्दा पीसीआरविधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यही अवधिमा थप ३४८ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या  ५ हजार ८७५ रहेको छ।



    यसअघि हिजो सोमबार ८८ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार