Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मधेश सरकारको खरिद गरेको बस सार्वजनिक संस्थालाई दिने निर्णय

    मधेश सरकारको खरिद गरेको बस सार्वजनिक संस्थालाई दिने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 993
    SHARES

    जनकपुर । मधेश प्रदेश सरकारले खरिद गरेको ५ वटा बस नचलाउने भएको छ । बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णयमा पुगेको हो ।

    आज (मंगलबार) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।



    मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार