Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • युक्रेनबाट द्वन्द्व प्रभावित अधिकांश नेपालीकाे उद्धार सकियाे

    युक्रेनबाट द्वन्द्व प्रभावित अधिकांश नेपालीकाे उद्धार सकियाे

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ ।

    जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको हो । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए ।



    युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन् ।



    पछिल्लो तथ्यांक अनुसारपोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

    राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन् ।युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार