Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारत विधानसभा निर्वाचन : यूपीका मुख्यमन्त्री योगी विजयी, उत्तराखण्डका धामी पराजित

    भारत विधानसभा निर्वाचन : यूपीका मुख्यमन्त्री योगी विजयी, उत्तराखण्डका धामी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालसँग सिमा जोडिएका भारतका दुई राज्यमा विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।

    नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम सार्वजनिक भएको हो । निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए । तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन् ।



    दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए । प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुनस् बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएका छन् ।



    पुर्ख्यौली थलो नेपाल भएका र नेपालमा थुप्रै नातासम्बन्ध भएका धामी भाजपाबाट खटिमा क्षेत्रमा चुनाव लडेका थिए । उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन् ।

    यस्तै गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने भारी मतले विजयी भएका छन् । पहिलोपटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका योगीले कीर्तिमानी जीत हासिल गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार