Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देश माओवादीकै एजेण्डामा चलिरहेको प्रचण्डको दावी

विरेन्द्रनगर । सत्ता साझेधार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेकाे दावी गरेका छन्।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेको र आफूहरु देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा रहेकाे दावी गरे।

यस्तै, पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधम्नात्री समेत रहेका प्रचण्डले गठबन्धन आगामी निर्वाचनसम्म सुरक्षित रहने दावी गर्दै भने,' ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’

पछिल्लो समय एमसीसीका कारण देश दुर्घटनामा गइसकेको तर आफूहरुले बेलैमा उल्लेख्य भूमिका खेल्दा खतरा टरेको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077