Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लाखौंको बैंकिङ कसूर मुद्दामा फरार भुजेल मनमैजुबाट पक्राउ

    लाखौंको बैंकिङ कसूर मुद्दामा फरार भुजेल मनमैजुबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका -१७ घर भइ काठमाडौँ मनमैजु बस्ने ३२ बर्षीय मन्दिप भुजेल रहेका छन्।



    महाशाखाका अनुसार भुजेललाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७८ मङ्सिर १२ गते चार दिन कैद र ९ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।



    त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीलेले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार